Logo
Logo

जबराको गिरफ्तारी सत्ताको खिचडी खेल : गोकुल बास्कोटा 


3.7k
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे प्रश्न उठाएका छन् ।उनले पक्राउ पुर्जीबिना पूर्वप्रधानन्यायाधीश गिरफ्तार ? भन्दै प्रश्न उठाएका हुन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले जेनजी खतरा भए सुरक्षा दिनुपर्ने बताए ।

The current image has no alternative text. The file name is: gokul-1.jpg

उनले लेखेका छन्, ‘पक्राउ पुर्जीबिना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्ताररु कतै सत्तारूढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैनर ? जेनजी खतरा भए त सुरक्षा पो दिने होला । पशुपति जाने !’

पूर्वप्रधानन्यायाधीश जबरा आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने तत्काल स्पष्ट पारिएको छैन ।

प्रतिक्रिया दिनुहोस्