Logo
Logo

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता


441
Shares

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ । पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

The current image has no alternative text. The file name is: pahiro-3.jpg

आइतबार बिहान करिब ४:३० बजे पहिरो खसेर लिलबहादुर घर्ती मगरको घर पुरिएको हो ।पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् ।

बेपत्ताको उद्धार तथा खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्