Logo
Logo

कालीगण्डकीले पोखरेबगरको पुल बगायो


126
Shares

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर-२ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । 

The current image has no alternative text. The file name is: bridge-2.jpg

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको  यातायात सम्पर्कबाट विच्छेद भएका छन् । 

यसैगरी, अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । 

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका-४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस्