Logo
Logo

बागलुङमा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु


378
Shares

file photo

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका– ३ मा पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।

आज बिहान ४÷५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्