Logo
Logo

मर्स्याङ्दीको बहाव ताल गाउँ पस्यो, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद


567
Shares

काठमाडौं । मस्र्याङ्दी नदीको बहाव मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।

मस्र्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार ताल गाउँका चारदेखि पाँच घरधुरी प्रभावित भएका छन् । क्षतिको थप विवरण भने आउन सकेको छैन । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो बस्तीको अवस्थाबारे जानकारी लिन कठिन भएको अध्यक्ष गुरुङले बताए । त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्