Logo
Logo

मानव अधिकार आयोगको टोली चोलेन्द्र भेट्न टेकु पुग्यो


252
Shares

काठमाडौं । मानव अधिकार आयोगको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ ।

आइतबार बिहान ३ बजे अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’पछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।

मुलुकको पूर्वप्रधानन्यायाधीश रहिसकेका हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे अहिलेसम्म प्रहरीले केहि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्