Logo
Logo

चोलेन्द्र शमशेरको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई


378
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।  भट्टराईले सुरक्षा चुनौती रहेको भए सुरक्षा दिनु राज्यको दायित्व भएको तर मध्यरातमा गरिएको गिरफ्तारीलाई कुनै पनि बहानामा उचित मान्न नसकिने बताएका छन् ।

The current image has no alternative text. The file name is: yogesh.jpg

उनले जबराको गिरफ्तारी ‘गैरकानुनी र गैरन्यायिक’ भएको बताउँदै सरकारलाई यस्ता कार्यबाट पछि हट्न आग्रह गरेका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्व हो तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिंदैन । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक छ। सरकार यस्ता उटपट्याङ कामबाट पछि हट्नै पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्