Logo
Logo

कान्ति लोकपथको छपेलीमा पुनः पहिरो खस्यो, यातायात ठप्प


252
Shares

काठमाडां । काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । ललितपुरको वागमती गाउँपालिका–३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प भएको हो ।

कान्ति लोकपथको चेनेज खण्डमा पर्ने छपेली क्षेत्रमा शुक्रवार बिहान पहिरो खसेको थियो । सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी गरिरहेको समयमा पुनः ठूलो परिमाणमा पहिरो खसेपछि उद्धार कार्य प्रभावित बनेको छ ।

स्थानिय प्रशासनकाअनुसार सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन जोखिम बढेको छ । पहिरो खस्नेक्रम जारी रहेकाले तत्कालै सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको इन्जिनियरहरूले बताएका छन् ।

माटो र लेदोसहित खसिरहेको पहिरोले गर्दा सडक मर्मतमा खटिएका प्राविधिक तथा कामदारहरूलाई समेत काम गर्न कठिनाइ भएको छ । हाल सो खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

पहिरोको प्रकृति हेर्दा तत्कालै बाटो खुल्ने सम्भावना न्युन देखिएको छ । भौतिक पूर्वाधारको यो महत्वपूर्ण सडक खण्ड वर्षायाममा पटक–पटक पहिरोको चपेटामा पर्दै आएको छ, जसले गर्दा हेटौँडा-काठमाडौँ आउजाउ गर्ने यात्रुहरू सास्ती खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्