Logo
Logo

टीभीएसले नेपालमा भित्र्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटर


378
Shares

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा एक कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो ।

१४९.७ सीसी क्षमताको रेस ट्युन गरिएको इन्जिन, आकर्षक स्पोर्टी डिजाइन र अत्याधुनिक प्रविधिसहित बजारमा आएको एनटर्क १५० ले नयाँ पुस्ताका स्कुटरप्रेमीलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्स तथा टीभीएस मोटर कम्पनीका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सञ्चारकर्मी, सामग्री निर्माता, डिलर तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी कन्टेन्ट क्रिएटर सहभागी थिए ।

टीभीएस एनटर्क १५० मा १४९.७ सीसी क्षमताको एयर कुल्ड ओथ्रीसी टेक इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस अधिकतम पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो स्कुटरका रूपमा प्रस्तुत गरेको छ ।

स्कुटरमा रेस र स्ट्रिट गरी दुईवटा राइडिङ मोड उपलब्ध छन् । त्यस्तै, आईगो असिस्ट, आइएसएस स्ट्रिट मोड तथा बुस्ट रेस मोडजस्ता विशेषता पनि समावेश गरिएको छ ।

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन
स्टेल्थ विमानबाट प्रेरित भएर तयार पारिएको एनटर्क १५० मा स्पोर्टी तथा भविष्यपरक डिजाइन दिइएको छ । यसमा मल्टिप्वाइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडाइनामिक विङलेट्स, स्पोर्टी टेल ल्याम्प, कलरफुल एलोय ह्विल्स र विशेष आवाज दिने मफलर जडान गरिएको छ ।

स्कुटरमा एरोडाइनामिक बनावट, एरोहेड आकारको अगाडिको भाग, मोटरसाइकल शैलीको नेकेड ह्यान्डलबार तथा जेट विमानबाट प्रेरित भेन्ट्ससमेत समावेश छन् ।

यसको सिग्नेचर ‘टी’ आकारको टेल ल्याम्पले छुट्टै पहिचान दिने कम्पनीको भनाइ छ । स्पोर्ट ट्युन गरिएको सस्पेन्सन, हलुका एलोय ह्विल्स र पर्फर्मेन्स एक्जस्टले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाएको छ ।

टीभीएस स्मार्टएक्सकनेक्ट प्रविधिसहितको एनटर्क १५० मा ५० भन्दा बढी स्मार्ट तथा कनेक्टेड फिचर उपलब्ध छन् । यसमा टर्न-बाइ-टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा म्यासेज अलर्ट र विभिन्न राइडिङ मोड समावेश छन् । यी सुविधाले चालकलाई डिजिटल तथा कनेक्टेड राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एबीएस र ट्र्याक्सन कन्ट्रोलसहित सुरक्षा सुविधा
सुरक्षाका लागि स्कुटरमा सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छ । कम्पनीका अनुसार यी सुविधा यस सेग्मेन्टमा पहिलोपटक समावेश गरिएका हुन् ।

त्यस्तै, हाजार्ड ल्याम्प, फलो-मी हेडल्याम्प, टेलिस्कोपिक सस्पेन्सन र समायोजन गर्न मिल्ने ब्रेक लिभर पनि उपलब्ध छन् । स्कुटरमा प्याटेन्टेड ई-जेड सेन्टर स्ट्यान्ड र २२ लिटर क्षमताको अन्डर-सिट स्टोरेजसमेत रहेको छ ।

तीन रङमा उपलब्ध
टीभीएस एनटर्क १५० नेपालभरका जगदम्बा मोटर्सका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीनवटा रङमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्