Logo
Logo

हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुनः सुरु


378
Shares

काठमाडौैं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु भएको हो ।

हिमालयको उडान नम्बर एच ९७८० काठमाडौंबाट सोमबार साँझ ७ः ११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान मंगलबार बिहान चिनियाँ समय अनुसार २ः ३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण ग¥यो । सो जहाज नेपाली समय अनुसार आज बिहान ८ः१३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

यस उडान सेवा पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण हवाई सम्पर्क पुनस्र्थापित भएको छ ।

हिमालयले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्दैछ । काठमाडौं–सांघाईतर्फका उडान हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । कम्पनीले यात्रुको माग तथा यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने जनाएको छ ।

काठमाडौं–सांघाई–काठमाडौं उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौं र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्दैछ ।

नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने कम्पनीले बताइएको छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पु¥याउने कम्पनीको अपेक्षा छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिको लक्ष्यलाई समेत सहयोग पु¥याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन कम्पनी तत्पर रहेको बताए । सोही अनुसार चीनमा नयाँ–नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्