
काठमाडौं । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ ।
बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।


















