Logo
Logo

ओलीले थाले एमालेका प्रदेश र जिल्ला नेतासँग संवाद


252
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणका लागि मातहतका कमिटीसँग संवाद थालेका छन् ।

मंगलबार अध्यक्ष ओलीले चार वटा प्रदेश कमिटीका नेतासँग भर्चुअल संवाद गरेका हुन् । उनले कोशी, मधेश, राजधानी र बागमती प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग भर्चुअल संवाद गरेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र सन्देशका विषयमा संवाद भएको सचिव महेश बस्नेतले जानकारी दिए । यससँगै एमाले संगठन सुदृढीकरणका विषयमा नेताहरूसँग छलफल भएको उनले बताए ।

गत साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको थियो । त्यससँगै एमालेमा चलिरहेको नेतृत्व परिवर्तनको बहस पनि मत्थर भएको छ ।

प्रतिक्रिया दिनुहोस्