Logo
Logo

निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय


252
Shares

काठमाडौं । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् । उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनलगायतका व्यवस्था समेटिएको छ ।

पछिल्लो समय ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने विषय आम चासो छ । विधेयकका केही प्रावधानमा सरकारले लोक सेवा आयोगबाट समेत परामर्श लिएको छ ।

प्रतिक्रिया दिनुहोस्