Logo
Logo

डा. जगदीश्वर कर्माचार्य बने ऊर्जासचिव


315
Shares

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा डा. जगदीश्वर कर्माचार्यलाई पदस्थापन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका वरिष्ठ सहसचिव कर्माचार्यलाई सचिवमा बढुवा गर्दै रिक्त ऊर्जा मन्त्रालयको सचिव बनाएको हो ।

नेपाल इन्जिनियरिङ सेवातर्फका राजपत्रांकित विशिष्ठ श्रेणी पदमा कर्माचार्यलाई बढुवा गर्ने निर्णय भएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सचिवमा बढुवा भएसँगै उनलाई ऊर्जा मन्त्रालयको सचिव पदमा पदस्थापन गरिएको उनले बताए ।

सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्