
काठमाडौं । काभ्रेबाट रामेछाप जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटना भएको छ । बुधबार बिहान साढे ८ बजे सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् ।
उनीहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत सकुशल रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














