Logo
Logo

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च


0
Shares

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड रुपैयाँ खर्च भएको बताएको छ ।

गृहमन्त्री सुधन गुरुङले हेलिकप्टरबाट उद्धारमा बढीमा २० करोड खर्च भएको बताए । ”बाहिर सार्वजनिक भएजस्तो अर्बौँ खर्च भएको होइन । बढीमा २० करोड खर्च भएको छ । हामी नागरिकप्रति जबाफदेही हुनुपर्छ यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौँ,” उनले भने ।

यस्तै उनले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अब अस्थायी आवासको प्रबन्ध गरेर ६ महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताए ।”उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन। अब आवासका लागि गृहकार्य गरिरहेका छौँ । नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ,” उनले भने ।

पीडितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता झल्किने र आधुनिक सुविधा पनि हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्