Logo
Logo

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा यथावत्


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि आयल निगमले मूल्य बढाएको छैन।

The current image has no alternative text. The file name is: indhan-petrol.jpg

हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साविककै मूल्य कायम राखिएको निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगमको निर्णयअनुसार बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्र अनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहनेछ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने विज्ञप्तिमार्फत जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्