Logo
Logo

रुस्काज् ब्यूटी स्टुडियो र प्रभु बैंकबीच विशेष छुट सम्झौता


126
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ कमलादीस्थित रुस्काज् ब्यूटि स्टुडियो र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच रुस्काज् ब्यूटी स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकारी, बागमती प्रदेश प्रचिता श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज्मा सौन्द्रर्य सम्बन्धी सेवा लिँदा ग्राहकहरुलाई ५ देखि २० प्रतिशतसम्म र कर्मचारीहरुलाई पाँचदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्