काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् ।

काठमाडौं जिल्लाको क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा सत्यमा रहेर मात्र नपुग्ने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउनसमेत तयार हुनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति सत्ताको भागबण्डाका लागि नभई जनताको सेवाका लागि भएको बताए । सत्ताको दुरुपयोग गर्ने व्यक्तिहरू राजनीतिमा आउन नहुने उनको भनाइ रहेको छ ।
डा। कोइरालाले मूल्य-मान्यता, विधि र पद्धतिको राजनीति पछि पर्दै सत्ता, शक्ति र पैसा राजनीतिमा हाबी हुँदा चुनावहरू क्रमशः महँगो बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।













