Logo
Logo

व्यक्तिको गल्ती पार्टीले बोक्दैन, आफैँले दाग मेट्नुपर्छ : गगन थापा 


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिमा लागेको गैरकानुनी कामको दाग स्वयं उसैले मेट्नुपर्ने र त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्। शनिबार सभापतिमा पुनः निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

The current image has no alternative text. The file name is: gagannn.jpg

‘नेपाली कांग्रेसबाट यही महाधिवेशनमा प्रतिस्पर्धा गर्ने, नेपाली कांग्रेससँग आबद्ध एक जना साथीलाई ठगीको मुद्दा लागेको र त्यसै कारण हिजो मात्र प्रहरीले पक्राउ गरेको समाचार मैले पढेँ,’ थापाले भने, ‘यो नेपाली कांग्रेस पार्टी के कुरामा दृढ संकल्पित छ भने हामी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा विश्वास गर्छौं । त्यसैले कुनै पनि व्यक्तिले गलत वा गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन ।’

उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने बताए । ‘मेरो आर्थिक जीवनमा कहिँ कतै पनि मबाट एउटा पनि अनियमितता हुन्छ भने मेरो पार्टीको एकजना साथीले पनि आएर “मेरो पार्टीको सभापति यस्तो भयो” भनेर मेरो बचाउमा बोल्ने छैन । त्यो कांग्रेस हामीले बनाउने हो,’ उनले भने । 

कानुनको शासन पालना गर्ने कांग्रेस बनाउन उनले आजकै मितिदेखि सङ्कल्प गरेको बताए ।  ‘सानो मान्छेलाई जस्तो कानुन लाग्छ, ठूलो मान्छेलाई पनि त्यही कानुन लाग्ने हो,’ उनले भने, ‘पार्टीमा आबद्धता भएको कारणले कोही मान्छे असल र कोही खराब हुने विभाजनलाई हामी स्वीकार गर्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्