काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको मतगणना एक साथ सुरु भएको हो ।

मतगणना तीन ठाउँमा सुरु भएको र हरेक मतगणना स्थलमा हरेक उम्मेदवारलाई एक-एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ ।
शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन् । उनी ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । खड्गीले ३७५ मत प्राप्त गरेका छन् । सभापति पदका लागि भएको मतदानको गणना राष्ट्रिय सभागृहमा भएको थियो ।













