काठमाडौं । बूढीगण्डकीको बाढीले सोती बजारको पक्की पुल बगाएको छ । आरूघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पुल बगाएको हो ।

चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ । चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको प्रहरीले जनाएको छ ।













