Logo
Logo

बुढीगण्डकी बाढीपछि पहिरोको जोखिममा रहेका ६ जनाको हवाई उद्धार गर्‍यौँ : प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् पहिरोको जोखिममा रहेका ६ जनाको उद्धार गरिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: balen.jpg

उनका अनुसार बुढीगण्डकी बाढीपश्चात् खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत् इलाकाबाट ६ जनाको उद्धार गरिएको हो । 

काठमाडौंमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोली समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको प्रधानमन्त्रीले बताएका छन् । साथै बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको जानकारी उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्