काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिवार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो ।

कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गनिसकिएको छ । उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १०५७ मत प्राप्त गरेका छन् । ई. मधु आचार्यले ७१२ मत पाएका छन् । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् ।
उपसभापति ९समावेशी० तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ५७८ मत प्राप्त गर्दा सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रंजीत कर्णले १८३ मत पाएका छन् ।
केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी १३८१ मत प्राप्त गरेका छन् । उदयशम्शेर राणा ७८६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । यसअघि उनी अमरसिंह पुन मगरभन्दा पछि परेका थिए । अमरसिंह ६९५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।













