काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार हालसम्म कुल ४६८९ मत गणना भइसकेको छ।

पछिल्लो मतपरिणामअनुसार नेता वासना थापाले सर्वाधिक ३४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले २६४७ मत र निमा गिरीले २६२० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
प्रमुख उम्मेदवारहरूको मत विवरण:
वासना थापा: ३४८४ मत
उर्मिला थपलिया: २६४७ मत
निमा गिरी: २६२० मत
कुसुमदेवी थापा: २१२९ मत
धना कुमारी खतिवडा: २१२५ मत
अनिता देवकोटा: १९३० मत
विनिता खड्का: १८९२ मत
लक्ष्मी पाण्डे: १७७२ मत
सृजना अधिकारी: १७६२ मत
मुना भुसाल: १६३२ मत
चिनी पोखरेल चिनु: १५६४
रिता थापा मगर: १५१०
कल्पना तिवारी: १५०९
गङ्गा दाहाल: १४९२
कान्तिका सेजुवाल: १४८१
१५ वटा खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् र मतगणना कार्य अझै जारी रहेको छ।













