Logo
Logo

प्रधानमन्त्री वालेनकी श्रीमती सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया 


882
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । पेट दुखेर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा पुगेकी काफ्लेमा एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो । 

The current image has no alternative text. The file name is: sabina.jpg

टिचिङका वरिष्ठ शल्यचिकित्सक डा.प्रशान्त वीरसिंह कंसाकार नेतृत्वको टोलीले उनको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

आज बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न भएको हो । चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य स्थिर र सामान्य छ । पत्नीको उपचार गराउन प्रधानमन्त्री शाह आफैँ अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्