Logo
Logo

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार


252
Shares

काठमाडौं । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई कञ्चनपुरको भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका-८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए । बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो ।

फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान थालेको छ । 

१० वर्षमुनिका २५ बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्