Logo
Logo

म्याक्स टाइगरको ‘दसैँ धमाका’: थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल 


252
Shares

काठमाडौं । दसैँको रौनकसँगै म्याक्स टाइगरको ‘दसैँ धमाका’ भने रोकिएको छैन । कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ ।

The current image has no alternative text. The file name is: XTRAM.jpg

अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ । यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन् ।

म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दसैँलाई विशेष बनाएको छ । जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ । 

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए । पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ ।

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउनेछन् । पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ ।

यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ । बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म पुगेको म्याक्स टाइगरको पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्ताको उत्सवमा नयाँ उत्साह थपेको छ । एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।

दसैँको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले उपभोक्तालाई उत्सव मनाउने थप अवसर प्रदान गरिरहेको छ । स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह १ म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ ले उपभोक्ताका लागि यो चाडपर्व पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सव बनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्