Logo
Logo

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पछि धकेलियो: ओली


441
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा(एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्विकार्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गरे। पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अघि सारिएका सामाजिक क्षेत्रका सुधारलाई समाजवादउन्मुख कदमको संज्ञा दिए।

सडक बालबालिकामुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उनले सरकारको ‘जिम्मेवार’ व्यवहारको उपजका रूपमा व्याख्या गरे। उनले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गरे।

अध्यक्ष ओलीले भने, ‘हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य लिएका छौँ। पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ। हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ।’

समृद्धिको यात्राबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउन पहिले दुःख निवारण गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्