Logo
Logo

भारतमा निरन्तर प्रदर्शन, युवा नेताहरू दिल्ली प्रहरीको हिरासतमा


252
Shares

एजेन्सी । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै निरन्तर प्रदर्शन भैरहेको छ ।

यसैक्रममा भारतको दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ । त्यसअघि नेहा बोरा र थुप्रै समर्थक तथा वामपन्थी पार्टीका कार्यकर्ताले मण्डी हाउस क्षेत्रबाट ‘तिरंगा मार्च’ शुरु गरेका थिए । बीबीसी हिन्दीका अनुसार दिल्ली प्रहरीले बोराको अवस्थाबारे थप जानकारी दिएको छैन ।

यसअघि, दिल्ली प्रहरीले ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीप्केलाई पनि पक्राउ गरेको थियो । ३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र सेन्ट्रल पार्कमा प्रदर्शन शुरु हुनुअघि हिजो पक्राउ गरेको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ । भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा भएको मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर पछिल्लो समय विवादसँगै प्रदर्शन पनि चर्किएको छ ।

विपक्षी दल र आन्दोलनकारी समूहले यो प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पु¥याउने आरोप लगाउँदै आएका छन् । उनीहरूले निर्वाचन आयुक्तको राजीनामालाई मुख्य माग बनाएका छन् ।

यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताको नाम हटाइएको छ । तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन् । ०००

प्रतिक्रिया दिनुहोस्