Logo
Logo

काठमाडौंमा प्रहरीको निःशुल्क बस, यी ३ रुटमा उपलब्ध हुनेछ सेवा


252
Shares

काठमाडौं । दसैंमा सार्वजनिक यातायातको चाप र अभावका कारण यात्रुलाई हुने असुविधा कम गर्न नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीन रुटमा निःशुल्क बस सञ्चालनमा ल्याएको हो । कात्तिक ३ गते सोमबार दिउँसो ४ बजेदेखि बस सञ्चालन हुनेछ । कात्तिक ४ गते भने बिहान ८ बजे र दिउँसो ३:३० बजेदेखि बस चल्नेछन् ।

रुट नम्बर १ नक्सालबाट सुरु भएर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ ।

रुट नम्बर २ नक्सालबाट सुरु भएर रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ ।

रुट नम्बर ३ नक्सालबाट सुरु भएर सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल पुग्नेछ ।

निःशुल्क बस सेवाबाट दसैंका बेला सार्वजनिक यातायातको अभावमा यात्रा गर्न कठिनाइ भोग्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्