Logo
Logo

मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका


126
Shares

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रूपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ ।

The current image has no alternative text. The file name is: muktinath.jpg

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ ।

आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा  दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो ।

दसैँको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा नृत्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दसैँको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्