Logo
Logo

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु


378
Shares

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: soudi.jpg

साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै  बुधवार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् ।

घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।

आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ । घटनालगत्तै सम्बन्धित निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको  छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्