Logo
Logo

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत जाँदै छु : रवि लामिछाने


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । भारत भ्रमणका लागि आज शुक्रवार बिहान काठमाडौंबाट कैलालीको धनगढी विमानस्थल पुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन् । 

The current image has no alternative text. The file name is: rabi-1.jpg

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए ।  ‘व्यक्तिगत भ्रमणमा छु । पहिल्यादेखि जाने भाकल पनि थियो । धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो। म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो,’ उनले भने, ‘राजनीतिक भेटघाट केही छैन । व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु ।’

भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन् ।  लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए ।

सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन् । भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्