Logo
Logo

सप्तकोशीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु


315
Shares

फाइल फाेटाे

काठमाडौं । भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अरुण दुधकोशीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भई दुर्घटना हुँदा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

इन्जिन फेल भएर बग्ने क्रममा जेटबोट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारले जानकारी दिए । दुर्घटना भएको जेटबोटमा १६ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् भने १ घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ । जेटबोट चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्