Logo
Logo

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो


252
Shares

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

The current image has no alternative text. The file name is: mukhyamantri-tatha-pradhanmantri-karyalaya-pm-office.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मौज्दात रु १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्