काठमाडौं । प्रहरीले ६८ किलोभन्दा बढीको चाँदीका गरगहनासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भारतको विहार रक्सौलका १९ वर्षीय अमन सर्राफलाई उक्त परिणाममा चाँदीका गरहनासहित पक्राउ गरेहो हो ।
उनको साथबाट ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहना बरामद गरिएको कार्यालयका सूचना अधिकारी एवं एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
कार्कीका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका-७ बाट पक्राउ गरिएको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको कार्कीले जानकारी दिएका छन् ।















