Logo
Logo

एनपीएलः आज पोखरा र सुदूरपश्चिम भिड्दै


189
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । तालिकाअनुसार आज आज एकमात्र खेल हुने छ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुबै खेल गुमाएको पोखरा यसपटक विगतको लक्ष्य बदल्ने उदेश्यसहित मैदानमा हुनेछ । अर्कोतर्फ लगातार दुईपटक उपविजेता बनेको सुदूरपश्चिम भने पोखराविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्