
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा संसदीय विशेष समितिको बैठक बस्दैछ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा छलफल र समितिको कार्यदेशअनुसार विषय विज्ञहरु छनोट सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल हुने कार्यसू्ची रहेको संसद सचिवालयले जनाएको छ ।















