Logo
Logo

सहायक रथी पूर्णबहादुर उपरथीमा बढुवा


315
Shares

काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

उपरथीमा बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका छन्। उपरथी दिपेशजंग शाह अवकास भएपछि रिक्त भएको पदमा खत्रीलाई बढुवा गरिएको हो ।

यस्तै बुधबार नै तीना जना महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा, र सिताराम खड्कालाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्