Logo
Logo

मेटलाइफ नेपालद्वारा अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु


0
Shares

काठमाडौं । मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

दाबीसम्बन्धी जानकारीमा ग्राहकको पहुँच र पारदर्शिता अभिवृद्धि गर्न नेपाल बिमा प्राधिकरणकोे निर्देशनअनुरूप सुरु गरिएको यो नयाँ सेवामार्फत ग्राहकहरूले आफ्नो दाबीको अवस्था अनलाइनमार्फत जुनसुकै समय र जहाँबाट पनि ट्र्याक गर्न सक्नेछन्। ग्राहकहरूले मेटलाइफ नेपालको वेबसाइटमार्फत आफ्नो दाबी प्रक्रियाको प्रगति, हालको समीक्षा चरण तथा पूरा गर्न बाँकी रहेका आवश्यक विवरण वा कागजातहरू हेर्न सक्नेछन्।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘बिमा भनेको अन्ततः ग्राहकलाई सबैभन्दा आवश्यक परेको समयमा गरिएको प्रतिबद्धता पूरा गर्नु हो, र दाबी भुक्तानी त्यस प्रतिबद्धताको महत्वपूर्ण पक्ष हो। ग्राहकहरूले दाबी दर्ता गरेपछि देखिन सक्ने अनिश्चितता कम गर्दै अझ बढी पारदर्शितामार्फत उनीहरूको विश्वास बढाउन मद्दत मिल्छ।’

प्रतिक्रिया दिनुहोस्