
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्रा.डा. गोविन्द केसीले फेर सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार इलाम पुगेर पत्रकार सम्मेलनमार्फत २५औँ सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् ।
विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले फेरि सत्याग्रह सुरु गरेको बताए ।















