Logo
Logo

कान्ति लोकमार्गमा रातको समय सवारी आवागमन बन्द


252
Shares

काठमाडौं । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई दिनका लागि राति १२ घण्टा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकमार्गमा सवारी आवागमन बन्द रहने जनाएको छ । लगातारको वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेको प्रशासनले जनाएको छ ।

विशेषगरी पहाडी भूभाग हुँदै जाने सडकमा वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा बाढीले सडक कटान गर्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउनुपर्ने भएकोले रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । प्रशासनले तोकिएको समयभित्र कान्ति लोकमार्गमा सवारी साधन सञ्चालन नगर्न तथा यात्रा गर्ने यात्रु र यातायात व्यवसायीलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

साथै, मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखेर मात्रै यात्रा गर्न तथा प्रशासनले जारी गर्ने सूचनाअनुसार सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्