
काठमाडौं । पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट नियन्त्रणमा लिएको हो ।
सुवोदीलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको प्रधान सम्पादक मात्रिका पौडेलले जानकारी दिए । उनले भने, ‘अहिले म पनि साइबर ब्यूरोमा जाँदैछु, समाचारको स्रोत खोज्न भन्दै समाचार कक्षबाटै उहाँलाई सादा पोशाकका प्रहरीले लगेको छ ।’
सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन् । त्यस्तै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना सादा पोसाकका प्रहरीहरू नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् । उनीहरुले सवाददाता मैनालीलाई उपस्थित गराउन भनिरहेको उनले बताए ।















