Logo
Logo

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा


315
Shares

दाङ । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क(हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३ त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

The current image has no alternative text. The file name is: Dang1793447697.jpg

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्