Logo
Logo

टस गर्न सुदूरपश्चिमको आनाकानी, खेल सुरु हुन ढिलाइ


1.1k
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएको छ । निर्धारित समय बितिसक्दा पनि टस हुन सकेको छैन । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले केही संकेत गरिरहेका छन् भने टोली टसका लागि तयार नभएको देखिएको छ ।

The current image has no alternative text. The file name is: npl-4.jpg

आउटफिल्डको अवस्थालाई लिएर सुदूरपश्चिमले खेल्न आनाकानी गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, टोलीले औपचारिक रूपमा आफ्नो असन्तुष्टिको कारण सार्वजनिक गरेको छैन । खेल सुरु हुने विषयमा अन्योल कायमै छ ।

प्रतिक्रिया दिनुहोस्