Logo
Logo

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला


315
Shares

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रवारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् ।

The current image has no alternative text. The file name is: death.jpg

बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेको हुन् । 

यस्तै, मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको छ । हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्कीको शनिवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।

कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रवारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्