Logo
Logo

वर्तमान सरकार अलोकतान्त्रिक भयो, जनताले बुझ्न थाले : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अलोकतान्त्रिक भएको बताएका छन् । महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको बताएका हुन् ।

The current image has no alternative text. The file name is: prachand-4.jpg

उनले आम जनताले सरकारको कार्यशैली बुझ्न थालेको र बौद्धिक समुदायले धारणा स्पष्ट पारिसकेको बताए । उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ । नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके। हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ भनेर। तर गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ । त्यो काम हामी गर्छौँ ।’

अब गाउँगाउँ पुगेर सर्वसाधारणलाई सरकारको कार्यशैलीबारे बुझाउने काम पार्टीले गर्न उनले बताएका छन् ।  मधेस प्रदेश सरकारको राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले एमालेले समर्थन फिर्ता लिनुअघि आफूहरूसँग छलफल भएको जानकारी दिए । नयाँ समझदारीका आधारमा मधेसमा सरकार गठन गर्ने विषयमा छलफल भइरहेको र केही दिनभित्र नयाँ सरकार बन्ने उनको दाबी छ ।

एमाले पुनः सहभागी हुने सम्भावना असम्भव नभए पनि तत्काललाई सहभागी नहुने बताएका हुन् । पार्टीभित्र एकता, उद्देश्यमा एकरूपता र सद्भाव कायम गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ  ।  आन्दोलनको आँधीबेहरीबारे समय आएपछि परिस्थिति हेरेर स्पष्ट हुने र अहिले खुलाउँदा सञ्चारमाध्यमले अतिरञ्जित प्रस्तुत गर्न सक्ने उनको भनाइ रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000