Logo
Logo

फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैङ्कले अनुकूल वातावरण बनाइरहेको छ : गभर्नर पौडेल


252
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गर्दै आएको बताएका छन् । 

The current image has no alternative text. The file name is: governer.jpg

सोमवार नेपाल राष्ट्र बैङ्कमा आयोजित कार्यक्रममा उनले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तन, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका हुन् । उनकाअनुसार वित्तीय प्रविधिको तीव्र विकासले विश्वव्यापी रूपमा वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । 

गभर्नर पौडेलले यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको बताउँदै उनले विद्युतीय कार्ड, एटीएम र एसएमएस बैङ्किङबाट सुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा अहिले मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताए । 

पछिल्लो समय राष्ट्र बैङ्कले भुक्तानी प्रविधिमा मात्र सीमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पु¥याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गरिरहेको उनको भनाइ रहेको छ ।  उनकाअनुसार यसका लागि राष्ट्र बैङ्कले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्सको कार्यान्वयन तथा ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ ट-२०३०/३१’ तर्जुमा र कार्यान्वयन अघि बढाएको छ । यी पहलले बैङ्किङ तथा वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्य थप सुदृढ हुने उनको विश्वास छ ।

गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनको विकास तथा प्रवर्द्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भूमिका पनि महत्त्वपूर्ण हुने समेत बताउनु भयो । यसका लागि राष्ट्र बैङ्क र सरकारबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ रहेको छ ।  

राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारी गर्ने सम्भावना रहेको बताए ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000