Logo
Logo

एक-दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालय सुधार हुँदैन: खुश्बु ओली


0
Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छन् ।

सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताइन् ।

एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उहाँले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरिन् ।

उनले भनिन्, ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार हुँदैन । यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौँ, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको पुनर्गठनमा नै जानुपर्नेछ ।’

सांस ओलीले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताइन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000